रुपन्देही २१ मंसिर । रुपन्देहीको कञ्चन गाउँपालिकाले घर जग्गा नभएका दलित र मुसहर जातिका स्थानीय ५० परिवारको घर निर्माण गरिदिएको छ । गाउँपालिकाका अध्यक्ष गोकर्णवहादुर क्षेत्रीले गाउँपालिकाभित्र बसोबास गर्ने घरजग्गा नभएका दलित र मुसहर परिवारलाई घर निर्माण गरिदिएको बताउनु भयो । उहाँले घर र जग्गा नभएका परिवारलाई एक–एक कट्ठा जग्गा सहित दुई कोठे घर निर्माण…