खजुरा, २४ जेठ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जको अनियमित विद्युत सेवाबाट उत्पन्न समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री कृष्णा केसी ‘नमुना’ को ध्यानाकर्षण गराएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीले नेपालगन्जमा अनियमित विद्युतका कारण उद्योगी, व्यवसायी तथा सर्वसाधारणले दुःख खेपिरहेको भन्दै समस्या समाधान गर्न आग्रह गर्नुभयो ।…