असार ६, काठमाण्डौ – दुर्घटनामा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित तीन जनाको ज्यान गए पछि आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा दिइएको छ । आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने छ । गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री चढेको सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा…