पोखरा, १२ वैशाख । भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १११ रनको उत्कृष्ट शतकसँगै नेपाल विजयी भएको हो । योसँगै नेपालको बी ३ समूहकी खेलाडी पुनले विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेकी छन् । नेत्रहीन संघ गण्डकीले…