काठमाण्डौ, १५ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो । भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ…