म्याग्दी, २९ भदौ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको रु ४५ लाख अनुदान सहयोग र स्थानीयवासीको श्रमदानमा बास्केटबल, भलिबल खेल सञ्चालन गर्न मिल्ने पक्की खेलमैदानसँगै चारकोठे एकतले भवन निर्माण भएको हो । भवन र खेलमैदान निर्माण भएपछि एक सय २५ घरपरिवारको बसोबास रहेको औलाका बासिन्दालाई खेलअभ्यास, प्रतियोगिता…