कपिलवस्तु ६ भदौ । पाहुनाको स्वागत सत्कारमा रमाउदै आफ्ना घरवस्तीमा केहि भएपनि कमाउदै आएका कपिलवस्तुको थारु होमस्टे जगदिशपुर यतिबेला अतिथीको आगमनको प्रतिक्षामा छैन । अतिथी देवोभव भन्ने नेपाली संस्कारमा यतिबेला अतिथीसंग कोरोना भित्रने त्रासमा तर्सित छ । फलस्वरुप कोरोना सङ्क्र्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्ट(घरवास पर्यटन) व्यवसायमा केहि समय रमाएकाहरु यतिबेला अरुको खेत बटैया गर्नमा…