रुपन्देही २४ मंसिर । विकास निर्माणको सिजन सुरु भएलगत्तै बजारमा छडको मूल्य अप्रत्याशित महँगिएको छ । पछिल्लो एक महिनामै छडको मूल्य प्रतिकिलो २० रुपैयाँसम्म बढेको व्यवसायीहरू बताउँछन् ।अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थ एमएस ब्लेडको मूल्य बढेपछि स्वदेशी बजारमा छडको भाउ बढेको सौरभ समूहका अध्यक्ष विष्णु न्यौपाने बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्लेडको मूल्य प्रतिमेट्रिकटनमा १ सय २० अमेरिकी…