काठमाडौं, २२ कात्तिक। सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग्ने भएको छ । सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिबार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे जानकारी लिएका थिए । सो क्रममा मन्त्रालयको तर्फबाट र्दुव्याबाहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनमा कुराकानी गरिएको…