दाङ ३ साउन । २०११ साल मंसिरमा पहिलो पटकद दाङको टरिगाउँ विमानस्थल प्रयोगमा आएको थियो । राजदरवारसँग नजिक रहेका दाङका स्व। झग्गुप्रसाद शर्मा र कालुुराम चौधरीले तत्कालीन राजा त्रिभुवन र प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको सहयोगमा टरिगाउँ विमानस्थलमा उडान–अवतरण सुरु गराएका थिए । खुला चौरका रुपमा रहेको विमानस्थलमा चिसो परालमा आगो बालेर धुवाँको मुस्लोलाई संकेत बनाई…