दाङ २० साउन । लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री ओलीले कित्ता बदल्दै विज्ञप्ती निकाल्दै गरेर राजनीतिमा अस्थिरताको उदाहरण बनेकी छन् । एमालेमा रहेको भनिएकी उनी फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् । माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा…