धरान (सुनसरी), १० मङ्सिर कोशीटप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा जैविक विविधता संरक्षण र विपद् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । आरक्ष र वरपरका क्षेत्रमा अप्ठ्यारो अवस्थामा सेना ‘सबैभन्दा पहिले र अन्तिम भरोसा’का रुपमा खटिइरहेको छ, जसले स्थानीय समुदाय, पर्यटक र वन्यजन्तुका लागि सुरक्षित वातावरण सुनिश्चित गरिरहेको छ । सैनिक प्रवक्ता एवं…