काठमाडौँ, २३ पुस नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्नुभएको छ । विशेष महाधिवेशन मागकर्ता नेताहरुले आज यहाँ पत्रकार सम्मेलन गरी पार्टीको विधानअनुसार यही पुस २७ र २८ गते यहाँ विशेष केन्द्रीय महाधिवेशन आह्वान गरिएको बताउनुभयो । वर्तमान विषम राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउन तथा समसामयिक नीति…