काठमाडौँ, ७ पुस प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गर्नुभएको छ । सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उहाँले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो,“निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे…