काठमाडौँ, ३० असोज आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलबीच त्रिपक्षीय संवाद गर्नुपर्नेमा दलहरूले जोड दिएका छन् । आसन्न निर्वाचनका विषयमा आज आयोगले राजनीतिक दलहरूसँग गरेको छलफलमा सहभागीले सरकारले दलहरूसँग अन्तरसंवाद गर्नुपर्ने र निर्वाचनको पूर्ववातावरण तयार गर्नुपर्ने बताएका हुन् ।…