समाचार

प्रदेश सभा सदस्य केसीलाई मातृ शोक



चन्द्रौटा, ७ फागुन । प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीलाई मातृ शोक परेको छ । सांसद केसीकी माता लोक कुमारी केसीको आफ्नै निवास शिवराज नगरपालिका १ निवासीमा मंगलवार सांझ संवा ५ बजे निधन भएको हो । ८३  वर्षीय केसी केही समय अघिदेखि अस्वस्थ रहँदै आउनु भएको थियो भने विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो । प्यूठानको गौमुखी गाउँपालिकामा जन्मनुभएकी केसीका ५ भाई छोरा र २ बहिनि छोरी छन्  । उहाँको बुधवार राप्ती आर्यघाटमा अन्तेष्टिको तयारी भइरहेको पारिवारिक स्रोताले जानकारी दिएको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता तथा सांसद अर्जुन कुमार केसी,साविक युवा संगठनका जिल्ला अध्यक्ष गणेश केसी र नगर अध्यक्ष रामचन्द्र केसीकी माताको निधनले पार्टीलाई मर्महित बनाएको नेकपा नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो । त्यस्तै जिल्लाका नेताहरुले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति इश्वरले प्रदान गरोस भन्ने कामना समेत गरेका छन् ।

प्रकाशित : ७ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६