समाचार

स्वर्गीय ज्ञवालीको स्मृतिमा शोक सभा



कपिलवस्तु ८ फागुन । सिद्धार्थ क्याम्पस बाणगङ्गामा शोक सभा सम्पन्न भएको छ । क्याम्पसका संस्थापक सदस्य स्वर्गीय भागवत ज्ञवालीको स्मृतिमा शोक सभा गरिएको हो । स्नातक तह सञ्चालनार्थ गठित क्याम्पस सञ्चालक समितिका संस्थापक सदस्य स्वर्गीय ज्ञवालीको फागुन ६ गते निधन भएको थियो ।शोक सभामा उप–प्राध्यापक दिल बहादुर श्रेष्ठले स्वर्गीय ज्ञवालीको संक्षिप्त जीवनी सहित उहाँले समाज र राष्ट्रकालागि गर्नु भएको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले स्वर्गीय ज्ञवालीको तस्विरमा पुष्पगुच्छा चढाउदै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । शोक सभासंगै बुधबार एक दिनका लागि क्याम्पसमा शोक विदा गरिएको सहायक क्याम्पस प्रमुख बेदराम अर्यालले जानकारी दिनुभयो । वि.सं. २००१ कार्तिक २५ गते गुल्मी जिल्लामा जन्मनुभएका स्वर्गीय ज्ञवालीको पूर्व सांसद समेत हुनुहुन्थ्यो ।

                  उहाँ २०४८ सालको संसदीय निर्वाचनमा गुल्मी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।हाल कलिवस्तुको बाणगङ्गा नगरपालिका २ बैजलपुरमा स्थायी बसोबास गर्दै आनुभएका स्व. ज्ञवालीले आफ्नो जीवनकालमा शैक्षिक, राजनैतिक एवं सामाजिक क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएको थियो । गुल्मी स्थित आत्मबोध माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका स्वर्गीय ज्ञवाली पाल्पा स्थित तानसेन बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो । स्वर्गीय ज्ञवालीका दुई छोरा, दुई छोरी र एक श्रीमती हुनुहन्छ । 

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६