बुटवल ९ फागुन । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।चलचित्रमा धुर्मुस(सुन्तलीसँगै दयाहाङ राई, बुद्धि तामाङ, विल्सन बिक्रम राई, कमलमणि नेपाल, राजाराम पौडेल, वसन्त भट्ट, सूर्यमाला खनाल लगायतको अभिनय छ । रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्र ‘सेन्टी भाइरस’मा राजनराज शिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ । यस्तै डिन्डु लामा निर्माताको रुपमा रहँदा फूर्पा लामा सह–निर्माताको रुपमा छन् । ‘सेन्टी भाइरस’ले दिने मुनाफाको २० प्रतिशत सामाजिक कार्यमा लगाउने निर्माण पक्षले यसअघि नै घोषणा गरिसकेको छ ।
९ फाल्गुन २०७६, शुक्रबार
प्रतिक्रिया