खोज–अनुसन्धान

तीन महिनामै ४ करोड बढिको सामान बरामद



कपिलवस्तु ११ कात्तिक


कपिलवस्तुमा नेपाल प्रहरी र शशस्त्र प्रहरीको बिबरण अनुसार तीन महिनामै ४ करोड बढिको सामान बरामद भएकोछ । कपिलवस्तुमा तस्करी तथा भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीले निगरानी बढाएपछि अवैध सामान बरामद हुने क्रम तीव्र बनेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा साढे ४ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद भएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गण, हेडक्वार्टर कपिलवस्तु र जिल्ला प्रहरी कार्यालयको विवरणअनुसार कुल ४ करोड ६५ लाख ६३ हजार रुपैयाँभन्दा बढीका सामान बरामद भएका हुन्। सशस्त्र प्रहरीले २ करोड ३८ लाख ५९ हजार र नेपाल प्रहरीले २ करोड २७ लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद गरेका छन् । भारतबाट अवैध रूपमा भित्र्याइएका लत्ताकपडा, किराना तथा कस्मेटिक सामग्री, मोबाइल, औषधि, पेट्रोलियम पदार्थ, खाद्यान्न, खसीबाख्रा, कुखुरा, अण्डा, पटाका, विद्युतीय सामग्री र नदीजन्य पदार्थलगायतका सामान बरामद गरिएको हो । सशस्त्र प्रहरीले अवैध सामान ओसारपसारमा प्रयोग भएका ३७ मोटरसाइकल, एउटा बस, तीनवटा अटो र १४ वटा साइकल भन्सारमा बुझाएको जनाएको छ। यस्तै, नेपाल प्रहरीले अवैध ओसारपसारमा संलग्न रहेको आरोपमा १० जना व्यक्ति र ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । भारतसँग ९३ किलोमिटर खुला सीमा जोडिएको कपिलवस्तुमा तस्करी नियन्त्रण सुरक्षा निकायका लागि चुनौतीपूर्ण रहँदै आएको छ। तर, सीमावर्ती क्षेत्रका बेस तथा युनिटहरूलाई कडाइ गर्न निर्देशन दिइएको र जिल्लाका विभिन्न स्थानमा निगरानी बढाइएको सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताएका छन् । जिल्ला प्रहरी उपरीक्षक मनोहर भट्टले पनि तस्करी, भन्सार छली, लागूऔषध कारोबार र आपराधिक गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको बताए । प्रहरीको कडाइले कृष्णनगर र सुठौली भन्सारको राजस्व सङ्कलनमा समेत सकारात्मक प्रभाव परेको बताइएको छ । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक

प्रकाशित : १२ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६