मनोरञ्जन

कञ्चन जेसिजले साहित्य तथा संचार महोत्सव गर्ने



कञ्चन १९ फागुन ।नेपाल कञ्चन जेसिजले एक कार्यक्रमको आयोजना गरी बार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।  जेसिजले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गर्दै भ्रमण बर्ष २०२० लाई सफल बनाउने गरी बिभिन्न २८ वटा बार्षिक कार्यक्रम सार्बजनिक गरेको हो । कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बाबुराम पौडेलले सार्बजनिक गर्नु भएको बार्षिक कार्यक्रममा कञ्चनको पर्यटन क्षेत्रलाई साहित्य तथा संचारको माध्यमबाट प्रचार प्रसार प्रबद्र्धन गर्नका लागि कञ्चनमा साहित्य तथा संचार महोत्सव गर्ने भएको छ । शिक्षा स्वास्थ्य तथा नेतृत्व बिकासका क्षेत्रहरुमा युवाहरुलाई लक्षित गरी सार्बजनिक गरिएको कार्यक्रममा गत बर्षबाट शुरुवात गरिएको भ्वाइस अफ कञ्चन,लागु औषध दुरुपयोग सम्बन्धी जनचेतना कार्यक्रम,स्वास्थ्य शिबिर,बृक्षारोपण,हाजिरी जवाफ प्रतियोगिता,महिलाका लागी सिप बिकास तालिम तथा जेसिस सप्ताह लगायतका महत्वाकांक्षी कार्यक्रमहरु समाबेश गरिएका छन ।

            सार्बजनिक कार्यक्रमबारे शुभकामना दिदै पञ्चन जेसिजका निर्बतमान अध्यक्ष चुडामणि पौडेलले कञ्चन जेसिजले छोटो समयमै कञ्चनमा फरक पहिचान बनाउन सफल भएको र आगामी बर्षमा पनि कञ्चन जेसिजले कञ्चनमा रहहेका हरेक युवाहरुलाई जेसिजमा आवद्ध गराई युवाहरुमा उधमशिलताको भावना बिकास गराउन अभिप्रेरित गर्न सकोस भन्ने धारण ब्यक्त गर्नु भएको थियो ।कञ्चन जेसिज बर्ष २०२०का महासचिव चित्र तुलाचनको संचालन,कानुनी सल्लाहकार राधिका चौधरीले स्वागत गर्नु भएको कार्यक्रममा कार्यकारी उपाध्यक्ष्य मोहराज शर्माले जेसजिको आस्थापाठ गर्नु भएको थियो भने कोषध्यक्ष सूर्य ढकालले धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

प्रकाशित : १८ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६