प्रदेश

मूल्यवृद्धिको विरोधमा नेविसङ्घद्वारा देशव्यापी प्रदर्शन



बुटवल, १९ फागुन । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दैै देशभर विरोध गरेको छ । सङ्घले पुस्तकमा लगाइएको १० प्रतिशत कर खारेज गनुपर्ने, इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने, भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखी आज देशभर विरोध गरेको हो । नेविसङ्घले उपत्यकाका त्रिचन्द्र, नेपाल कयाम्पस, शङ्करदेव, सरस्वती, पाटन, पशुपति, ग्रामीण आदर्शलगायतका क्याम्पस र देशभरका विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिनुभयो । महामन्त्री भट्टराईले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको उल्लेख गर्नुभयो । “सरकारले जनतालाई राहत दिनुपर्नेमा झन् महँगी बढाउँदै लगेको छ”, उहाँले भन्नुभयो । अर्का महामन्त्री मनोज वैद्यले नेविसङ्घले राखेका माग सरकारले पूरा नगरे निरन्तर आन्दोलन गर्ने बताउनुभयो ।

             

       उता नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाई समिति बुटवलले नेविसंघ केन्द्रीय समितिको निर्णय बमोजिम आईतवार क्याम्पस अगाडी विरोध कार्यक्रम गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको निर्णय बमोजिम पुस्तकमा लगाएको कर १० प्रतिशत र इन्धनमा कर बापत १० रुपैया प्रतिलिटर उपभोक्ताबाट उठाउने निर्णयको विरोध गर्दै  विरोध सभा गरेको हो । त्यसैगरी स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गर्न तथा सुरक्षित मुद्रण मेसिन खरिद अनियमितताको विरोधमा समेत उक्त कार्यक्रम गरेको हो ।नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेता पौडेलले सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा कर लगाएर विद्यालाई जनताको पहुँच बाहिर पुराएको र ईन्धनमा कर लगाई सरकार भष्टचारमा लिप्त रहेकोले कर फिर्ता गरि सबैको पहुँचमा शिक्षा पु¥याउन माग गर्नुभयो । इकाई सभापति महेश शर्माको सभापतित्वमा भएको कार्यक्रमा सभापति शर्माले प्रधानमन्त्रीले कर बढाएर मन्त्रीहरुलाई भ्रष्टाचारमा लिप्त बनाएको र विद्वानहरुलाई किताबको पहुँच बाहिर पु¥याएर देशलाई भ्रष्टाचारको अखडा बनाउन खोजेकोमा विरोध गरि सरकारलाई तत्काल सुध्रन आग्रह गर्नुभएको थियो । 

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६