मनोरञ्जन

शारीरिक सुगठनको बुटवल श्री उपाधि श्रेष्ठलाई ,रुपन्देही फिटनेश संघको प्रतियोगितामा प्रदेशको सहभागिता



बुटवल, २५ फागुन  अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता ९ औं ‘बुटवल श्री’ को उपाधि सैनामैनाका कृष्ण श्रेष्ठले जितेका छन् । प्रदेश ५ र गण्डकी प्रदेशबाट सहभागी ४९ जना प्रतिस्पर्धीलाई पछि पार्दै ७५ केजी तौल समूहको फाइनलामा पुगेका श्रेष्ठ अल ओभर च्याम्पियन भएका हुन् ।श्रेष्ठले बुटवल श्रीको उपाधिसँगै ५५ हजार नगद र आकर्षक ट्रफी हात पारे । ५५ केजी तौल समूहतर्फ बाँकेका सिद्धान्त जसरिया प्रथम, रूपन्देहीका पुकार थापा दोस्रो र रूपन्देहीकै आकाश गुरुङ तेस्रो भए । 

        ६० केजी तौल समूहमा बाँकेका सुरेश थापा प्रथम, रूपन्देहीका मोहम्मद जुमराति दोस्रो र बुटवलकै अर्जुन श्रेष्ठ तेस्रो भए । ६५ केजी तौल समूहमा बाँकेका जितबहादुर वली प्रथम कास्कीका विकास तामाङ दोस्रो र रूपन्देहीका सुमित राना तेस्रो भए । ७० केजी तौल समूहमा रूपन्देहीका विनोद सुनार प्रथम, रूपन्देहीकै प्रकाश थापा दोस्रो र रूपन्देहीका दिलीपबहादुर खत्री तिवारी तेस्रो भए । ७५ केजी तौल समूहमा कृष्णप्रसाद श्रेष्ठ प्रथम, इमोश श्रेष्ठ दोस्रो र रत्नराज थापा तेस्रो भए ।७५ केजी माथिको तौल समूहमा पाल्पाका मनिष वज्राचार्य प्रथम, बाँकेका अभिषेक श्रेष्ठ दोस्रो र बाँकेकै शितान्शु पाण्डे तेस्रो भए । 

      आयोजक रूपन्देही फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठका अनुसार विजयी खेलाडीहरूलाई परस्कार तथा ट्रफी वितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, निर्णायकहरु बुद्धिजंग कार्की, केशवबहादुर शाक्य, गोविन्द चित्रकार, श्याम श्रेष्ठ, शिवध्वज राई, राजकुमार श्रेष्ठ र सुरज श्रेष्ठले नगद पुरस्कार र ट्रफी प्रदान गरेका हुन् ।कार्यक्रममा ०६५ यताका बुटवल श्रीका विजेताहरू क्रमशः विकाश चौधरी, शेरबहादुर खाम्चा, विनोद वज्राचार्य, विजेन्द्रमान श्रेष्ठ, ताराबहादुर थापा, चन्द्रमान श्रेष्ठ र विनोद सुनारलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६