समाचार

विप्लव कार्यकर्ता पक्राउ



गुल्मी, १ चैत । नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग आबद्ध एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दलित मुक्तिमोर्चाका गुल्मी संयोजकलाई पक्राउ गगरिएको छ । पक्राउ पर्नेमा मदाने गाउँपालिका– ६ अन्तर्गत पुर्कोटदहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् । 

        मदाने गाउँपालिकामा सङ्गठनको कामका सिलसिलामा हिँडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो । जिल्लामा सो समूहको गतिविधि बढ्न सक्ने आशङ्कामा प्रहरीले पछिल्लो समयमा गाउँगाउँमा गस्ती अभियान शुरु गरी समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ । (रासस) 

प्रकाशित : १ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६