खोज–अनुसन्धान

बाणगङ्गामा सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन



कपिलवस्तु १८ कात्तिक

कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण, रेबिज रोगको जोखिम न्यूनीकरण तथा पशु कल्याणलाई लक्षित गर्दै बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको छ।
नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा २०८३ कात्तिक १७ गतेदेखि १९ गतेसम्म नगरपालिकाको प्राङ्गणमा कार्यक्रम सञ्चालन गरिएको सहायक पशु विकास अधिकृत यमलाल पोख्रेलले बताउनु भयो ।


सामुदायिक कुकुरको अनियन्त्रित सङ्ख्या वृद्धि सहरी तथा ग्रामीण क्षेत्रमा चुनौतीका रूपमा देखिँदै गएको अवस्थामा नगरपालिकाले बन्ध्याकरण कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । यस कार्यक्रमले सडक तथा सार्वजनिक स्थानमा रहेका कुकुरको सङ्ख्या व्यवस्थापन गर्न, कुकुरबाट हुन सक्ने सम्भावित जोखिम घटाउन र पशु स्वास्थ्य तथा कल्याण प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको पशु शाखाले जनाएको छ।


सामुदायिक कुकुरको व्यवस्थापन सङ्ख्या नियन्त्रणमा सीमित नभई मानवीय व्यवहार, पशु अधिकार र सार्वजनिक स्वास्थ्यसँग समेत जोडिएको भएकोले बन्ध्याकरणसँगै रेबिज विरुद्धको खोप, नियमित उपचार तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख चक्रपाणी अर्यालको भनाई रहेको छ ।


स्थानीय तहले सामुदायिक कुकुर व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन यस्ता कार्यक्रमलाई नियमित तथा योजनाबद्ध रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ।
कार्यक्रम बाणगङ्गा नगरपालिका, पशु सेवा शाखा कपिलवस्तुको आयोजनामा सञ्चालन गरिएको नगरपालिकाका सहायक प्रशासकिय अधिकृत दिपक पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित : १९ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६