मनोरञ्जन

नायिका आँचलको बिहे पार्टी : १६ लाखको लेहेंगा १६ किलोको , ६० लाखको गहना



काठमाण्डौ, २ चैत । केही नँया र रोचक प्रसङ्ग नभए त सामाजिक सँजाल चलाउनुको पनी मज्जा हुदोरहेनछ । त्यसैले त यतिबेला नँया चर्चा छ सामाजिक सँजालमा । त्यो हो नायिका आँचल शर्माको पहिरनको चर्चा । यतिबेला नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुले चिया पसलमा पनी चलाईरहेका छन । गत शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए ।
            बिहे त जिवनमा एक न एक पटक भईहाल्छ त्यो खासै नौलो कुरा हैन तर नायिका आँचलले शनिबार आयोजित पार्टीका लागि मात्र १६ लाख मुल्यको १६ केजीको लेहेङ्गा र ६० लाख हाराहारीको गहना लगाएको खबर यतिबेला सामाजिक सँजालमा चर्चाको बिषय बनेको हो । यो लेहेङ्गालाई भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको बताईएको छ । यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको हो । ‘सव्य साँची मुखर्जीको ब्रान्ड भारतमा चर्चित छ । नायिका आँचल शर्माका अनुसार “नायिका दीपिका पादुकोण, प्रियंका चोपडाले पनि आफ्नो बिहेमा यही डिजाईनको पहिरन लगाएका थिए । यही कारण पनि यो महंगो पर्न गएको हो ।”


         यो पहिरनको डिजाइनको समयमा आँचल र उदिप ४ पटक भारत गएका थिए । उनले लगाएको लेहेंगा सबै हातले नै बुनिएको कहिले पनि नखुइलिइने बताईएको छ । लेहेंगा १६ केजीको भएका कारण पनि पार्टीमा आँचललाई हिड्न अप्ठ्यारो भएको उनको भनाई छ । त्यस्तै नायिका आँचलले बिहे पार्टीमा लगाएका करिब ६० लाख हारहारीको गहना सबै हिराका भएकाले पनि महंगो पर्न गएको बताईएको छ । आँचलको लेहेङ्गाको आइडिया भने उनका श्रीमान उदिपले नै जुराएका हुन् ।

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६