समाचार

विषाक्त मदिरा सेवनबाट मृत्यु हुने १७ पुगे



धनुषा, २ चैत । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जीतेन्द्र सदाको मदिरा सेवनले मृत्यु भएको वडाध्यक्ष जानकीराम साहले बताउनुभयो । 

त्यस्तै आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिकामा मदिरा सेवनले एक जनाको मृत्यु भएको छ । गाउँपालिका–५ का ३४ वर्षीय विश्वनाथ यादवको मृत्यु भएको हो । होलीका अवसरमा रक्सी खाएका बनारसी देवीको शुक्रबार साँझ र मिथिला सदा र झगरु सदाको शनिबार बिहान मृत्यु भएको थियो । 

क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको थियो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुघन मण्डल, इन्द्रजीत महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र निरस यादव छन् । धनुषाकै रूपैठा घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुघन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६