समाचार

घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई तीन लाख रुपैयाँ


३ चैत्र २०७६, सोमबार


धनुषा ३ चैत्र । प्रदेश २ सरकारले धनुषामा घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप तीन(तीन लाख रुपैयाँ दिने भएको छ ।प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जाँडरक्सी खाएर ज्यान गुमाएका प्रतिपरिवारलाई राहत स्वरुप  तीन लाख रुपैयाँ उपलब्ध गराइने बताउनुभएको हो ।इतबार मुख्यमन्त्री राउतले क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँका पीडित परिवारलाई भेट्नु भएको थियो । उहाँले विषाक्त जाँडरक्सी बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानुनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाँडै ‘खुला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराउनुभयो ।मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सुरक्षा समितिको बैठकमा खुला मदिरा नियन्त्रणबारे निर्णय हुने बताउनुभयो । उहाँले दोषीमाथि कारबाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताउनुभयो । रम्दैयामा विषाक्त रक्सी खाएर ज्यान गुमाएका १४ परिवारलाई आइतबार सांसद रघुविर महासेठले काजकिरियाका लागि २० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । 

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे