समाचार

सिलाई तथा कपडा व्यवसायी संघको सप्ताहन्त तालिम



दाङ ३ चैत्र । दक्ष  कालिगढ उत्पादन गरी रोजगारी दिने उदेस्यले  सिलाई तथा कपडा व्यवसायी संघकोे सप्ताहन्त तालिम घोराहीमा सुरु भएको छ ।जिल्ला  भरिबाट पचास जना सहभागिता रहेको तालिमको सुभारम्भ दाङ जिल्ला उद्योग बाणिज्य संघ घोराहीको सभाहलमा सुरुभएको हो । सिलाई तथा कपडा व्यवसायी संघको अध्यक्ष चुर्ण बहादुर परीयारको सभाअध्यक्षता एवं दाङ उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष टंक सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोह सम्पन्न भएको थियो । महिलाहरुलाई पनि पुरुपको लुगा सिलाउने सीप सिकाउने, दक्ष कालिगढ उत्पादन गर्नै, उत्पादीत दक्ष कालिगढहरुलाई विभिन्न कारखाना तथा व्यवसायीक फर्महरुमा रोजगारी दिने तथा व्यवसाय सुरुगर्नै उदेस्यले सात दिने तालिम सुरु गरीएको संघका कोषाध्यक्ष सन्तोष परीयारले बताउनु भयो ।संघका कोषाध्यक्ष सन्तोष परीयारको स्वागत मन्तव् बाट सुरु भएको कार्यक्रममा मानवअधिकार कर्मी तथा परीयार सेवा समाज क्षेत्र नं २ का क्षेत्रीय सचिव जय भोला परीयार, सचिव कमल परीयार  लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  चैत्र ३ गते देखी सुरु भएको कर्यक्रमको ९ गते समापन गरीने छ । तालिममा जिल्लाका विभिन्न भागहरुबाट ५० जना महिलाहरुको सहभागिता रहेको छ ।  

 

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६