चैत ६ ।। रासस ।। जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी हालै कुटपिट गर्नुभएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किनुभएको छ । “ कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गर्नुभयो । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ । ” उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताउनुभयो । उहाँले “मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन । ” शर्माले भन्नुभयो । त्यहाका २ नदी हिमा र तिलाको गिट्टी बालुवा उत्खननका विषयमा चासो बढेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि जथाभावी नदीजन्य वस्तु उत्खनन नरोकिएको र समस्या बढ्दै गएको छ ।
प्रतिक्रिया