ब्रेकिंग न्युज

कोरोनाको आशंका : कपिलवस्तुमा दुई जनालाई क्वारेन्टाईन पठाईयो



 कपिलवस्तु ६ चैत्र । भारतीय भुमि हुदैँ सिमा क्षेत्र कपिलवस्तुको मर्यादपुर बाटनेपाल प्रवेश गरेका दुई जनामा उच्च ज्वरो देखिएपछि क्वारेन्टाईन पठाउने तयारी गरेको छ । नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिई जिल्ला अस्पताल तौलिहवामा बुझाएको छ । अहिले अस्पतालमा उनीहरुको स्वास्थ्य चेकजाचँ भैरहेको छ । ज्वरो उच्च देखिएकोले उनीहरुलाई जिल्ला अस्पताल तौलिहवाले निमार्ण गरेको महेन्द्र आधारभुत प्रा वि तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भैरहेको छ । क्वारेन्टाईनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आफनो घर जान दिईने बताईएको छ । । दुई जना मध्य एक जना बेलायतबाट भारत हुदैँ नेपाल फर्किएका हुन भने,अर्का पंन्जावबाट नेपाल फर्किएका हुन् । दुबैमा कोरोनाको लक्ष्यण देखिएकाले क्वारेन्टाईनमा राखेर उपचार गर्ने व्यवस्था मिलाईएको प्रहरीको भनाई छ । कोरोना हो होईन भन्ने बारे पुष्ठि हुन भने ल्याव परिक्षणका लागी पठाउने तयारी भैरहेको छ ।  

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६