ब्रेकिंग न्युज

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना : सतर्कता अपनाउन अनुरोध



८ चैत काठमाडौँ,
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार देशको पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले चट्याङबाट जोगिन अनुरोध गरेको  हो ।
               स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको हो।  आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
 हाल देशका पश्चिमी भूभागलगायत अन्य पहाडी भूभागमा आङ्शिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ  । राति देशका पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली रही देशको पूर्वी र मध्य भूभागका एक÷दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।
आइतबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा आङ्शिकदेखि सामान्य बदली भई हल्का वर्षाको सम्भावना रहेको छ । भने सोमबार देशभर आङ्शिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित : ८ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६