ब्रेकिंग न्युज

बाणगंगाले टुंगायो राहत सामाग्रीको प्याकेज,उपप्रमुखको संयोजकत्वमा वितरण हुने ,के के छ प्याकेजमा ?



कपिलवस्तु २० चैत्र अबको ३ दिन भित्र बाणंगगा नगरपालिका एकीकृत ढंगबाट नगर क्षेत्रभित्र रहेका असंगठित श्रमिक बर्ग तथा असायहायहरुका लागि राहत सामाग्री दिने कार्यक्रमलाई अघि बढाउने भएको छ । यसका लागि बाणगंगा नगरपालिकाले वडा अध्यक्षहरुलाई गरिब ,बिपन्न ,असाहय मजदुर घरपरिवारको विवरण बुझाउन निर्देशन दिएकोे छ । सम्बन्धित वडाले विवरण बुझाए लगतै तुरुन्तै राहत वितरणको काम शुरु हुने नगरपालिकाका प्रबक्त एवम वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलले जानकारी गराउनुभयो ।

        बिहिबार नगरपालिकामा बसेको नगरकार्यपालिकाको आकस्मिक कार्यपालिका बैठकले असंगठित क्षेत्रमा कार्यरत रहेका नगरभित्रका श्रमिक बर्ग तथा असायहायहरुलाइ उपलब्ध गराईने राहत सम्बन्धी मापदण्ड २०७६ लाई स्विकृत गरि यस्तो निर्णय गरेको हो । नगरपालिकाले मापदण्ड अनुसार ५ जना सम्मको परिवारलाई २० केजि चामल , २ केजि दाल ,१ लिटर तेल ,१ पोका नुन ,२ वटा हात धुने सावुन र १ वटा कपडा धुने सावुन दिने छ । भने ५ जना भन्दा बढि परिवार सदस्य रहका घरपरिवारलाई ३० केजि चामल , ३ केजि दाल , ढेड लिटर तेल ,१ पोका नुन ,२ वटा हात धुने सावुन र २ वटा कपडा धुने सावुन उपलब्ध गराईने छ । राहत सामाग्री ब्यवस्थापनका लागि नगरपालिकाले समिति पनि निर्माणको गरेको छ ।

        नगरउपप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा समिति निर्माण गरेको हो । जसको सदस्यमा उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल ,पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भूषाल ,नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई ,उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डे ,गैर सरकारी संस्थाको तर्फबाट लक्ष्मण बेल्बासे र संघसस्थाको तर्फबाट बिष्णु न्यौपाने रहनुभएको छ । यस्तै समितिको सदस्य सचिवमा नगरपालिकाका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी रहनुभएको प्रवक्ता पौडेलले बताउनुभयो । 

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६