बागमती

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ



चितवन २९ चैत्र ।  चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरिएको हो ।नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त लागुऔषधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको उहाँले बताउनुभयो । निज विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकामा केही समयमा आई यहाँबाट बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कने क्रममा पक्राउ परेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । यस्तै भरतपुर महानगरपालिका–२४ जगतपुरबाट तीन जनालाई लागुऔषधसहित प्रहरीेले पक्राउ गरेको छ ।

            पक्राउ पर्नेहरुमा भरतपुर–२५ शुक्रनगरका ४५ वर्षीय धनमाया भनिने सानुमाया मगर, भरतपुर–२४ जगतपुरका १९ वर्षीय प्रदीप विक, सोही ठाउँका ५७ वर्षीय पदमबहादुर तामाङ रहेका छन् । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध चार किलो ९३६ ग्राम र कारोवारमा प्रयोग गरिएको प्रदेश २–०३–००५प६६८१ नं को मोटरसाइकल पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय दिव्यनगरबाट खटाइएको प्रहरी गस्ती टोलीले चैत २० गते ३ बजेको समयमा मोटरसाइकल जाँचका क्रममा एक किलो १५ ग्राम गाँजा फेला पारेको हो । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित : २९ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६