मनोरञ्जन

तिलोत्तमा नगरपालिकाद्वारा ‘कोरोना महामारी’ सचेतनामूलक भिडियो सार्वजनिक



बुटवल १० बैशाख। स्थानीय तह भन्दा फरक गतिविधिका कारण चर्चामा आइरहने मुलुककै नमुना स्थानीय निकाय तिलोत्तमा नगरपालिकाले कोरोना माहामारी सम्वन्धी जनचेतनामुलक भिडियो साम्रग्री सार्वजनिक गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको यस रोगबाट बच्नका लागि आम नेपालीलाई सचेतना जगाउने उदेश्यले तयार पारिएको ‘कोरोना महामारी’ म्यूजिक भिडियोको सोमबार नगरप्रमुखले सार्वजनिक गर्नुभएको हो । तिलोत्तमा नगरपालिकाको प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा देशसँग भएको स्वास्थ्य सुविधा, स्रोत–साधन र जनशक्ति नयाँ कोरोना भाइरसको सँक्रमण नियन्त्रण र उपचारका लागि स्वाभाविक रुपमै अपुग भएको अवस्थामा कोविड–१९ को रोकथाम तथा नियन्त्रणमा जनताको आफ्नै जागरुकता, अनुशासन, रणनीति र पहल महत्वपूर्ण भएकाले सोही कार्यलाई अनुसरण गर्न आग्रह गरिएको छ । घरभित्रै रहेर कोरोना महामारीलाई जित्न सकिन्छ ।

            तसर्थ यो समयमा अत्यावश्यक काम बाहेक बाहीर ननिस्कौ भन्ने सन्देश उक्त भिडियोमा समावेस रहेको छ । म्यूजिक भिडियोको सार्वजनिक गर्दै  तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले यस म्यूजिक भिडियोले दर्शक  श्रोताहरुमा मनोरंजनका साथै निश्चित रुपले मनोबल बढाउन महत्वपुर्ण भूमिका खेल्ने बताए । कोरोनाको अचुक औषधी भनेकै आत्म मनोवल भएकोले सबैले आफ्नो मनोवललाई दह्रो पार्नुपर्नेमा उहाँको जोड थियो ।यस गीतले आफु सुरक्षित रहेर आफ्नो समाजलाई समेत  सुरक्षित राख्न आत्म व्यवस्थापन, स्वपरिचालन, संक्रमण नियन्त्रण र रोकथाममा लागेका विभिन्न सँघ संस्थाहरुसँग सहकार्य, समन्वय गर्न, सबै नेपालीहरुलाई एकताबद्ध भई अगाडि बढ्न अनि कोरोनालाई जित्न प्रेरित गर्ने छ भन्ने अपेक्षा लिएको छु ।’’ नगर प्रमुख घिमिरेले भन्नुभयो । राजु विकेको शब्द÷ संगितमा रहेको यस गितमा चर्चित गायिका एन्जिला रेग्मी, नवोदित गायकहरु नमन सुनार र प्रसन्न पछाइ क्षेत्रीले आवाज भर्नुभएको छ  ।  निर्देशक मनिष पन्थले छायांकन, निर्देशन र सम्पादन गर्नुभएको हो । भिडियोमा  स्पन्दन पन्थ, स्वभाव पन्थ, कमला पन्थ र अभिषेक तिवारीले अभिनय रहेको छ । नारायण वि पि परियारको कन्सेप्ट रहेको उक्त म्यूजिक भिडियो तयार गर्न फाइन मिडिया, बुटवल, जय माता दी फाउण्डेशन , अर्जुन खरेल लगायतको विशेष रहेको गितका रचनाकार राजु विकेले बताउनुभयो । उक्त म्यूजिक भिडियो श्रीनगर फिल्मसको यूट्यूबबाट सार्वजनिक भएको छ । 

प्रकाशित : १० बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६