गण्डकी

बन्दाबन्दीमा मिर्गौला रोगीका लागि निःशुल्क एम्बुलेन्स सेवा



पोखरा, १३ बैशाख । पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामराज लामिछानले जानकारी दिनुभयो । 

            उहाँले भन्नुभयो, “अहिले सबैको ध्यान कोरोना सङ्क्रण रोकथाममा मात्र केन्द्रित छ, जसले गर्दा मिर्गौला रोगका बिरामी नियमित जाँचबाट बञ्चित हुनुपरेको अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्स सञ्चालन गरेका हौँ ।” उहाँले महानगरका ३३ वटै वडामा निःशुल्क एम्बुलेन्स सेवा रहेको र त्यसको भाडा महानगरले बेहोर्ने जानकारी दिनुभयो ।

             उहाँका अनुसार महानगरमा कति मिर्गौला रोगी छन् भन्नेबारेमा वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा वैशाख ६ गते बसेको बैठकले मिर्गौला पीडित बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको वडा नं ९ का अध्यक्षसमेत रहनुभएका संयोजक लामिछानेले जानकारी दिनुभयो । हाल महानगरका विभिन्न वडाबाट ८० बिरामीले आफूलाई पायक पर्ने अस्पतालबाट डायलालिस गराएको उहाँको भनाइ छ । (रासस)

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६