ब्रेकिंग न्युज

कपिलवस्तुका पत्रकारसँग प्रजिअ सुवेदीको परिचय तथा अन्तरक्रिया



कपिलवस्तु २३ असोज

कपिलवस्तुमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदी र जिल्लाका पत्रकारबीच परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन र विकास निर्माणका विषयमा छलफल गरिएको थियो।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाको समग्र प्रशासनिक अवस्था सुधार गर्न सञ्चारमाध्यमसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सरकारी सेवा प्रवाहलाई सरल, सहज, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउन आफूले प्राथमिकता दिने बताउनुभयो।
जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण गर्ने, सामाजिक विकृति न्यूनीकरण गर्ने तथा नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा प्रशासनले विशेष ध्यान दिने उहाँको भनाइ थियो। साथै, विपद् जोखिम न्यूनीकरण, बजार अनुगमन, अवैध गतिविधि नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गरिने उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिलाराम भुसालले जिल्लाको समग्र विकास, सुशासन र नागरिकका समस्या समाधानका लागि प्रशासन र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले पत्रकारिताको मर्यादा र प्रेस स्वतन्त्रताको सम्मान गर्दै सूचना प्रवाहलाई सहज बनाउन प्रशासनले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
महासंघका पूर्वअध्यक्ष तथा पत्रकार भेषराज पाण्डेले जिल्लामा नागरिकले भोगिरहेका समस्या, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका विषयमा प्रशासनले विशेष चासो दिनुपर्ने धारणा राख्नुभयो। उहाँले नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।
त्यसैगरी पत्रकार खग चापागाईंले जिल्लाको शान्ति सुरक्षा, सुशासन, नागरिकका गुनासा तथा सार्वजनिक सरोकारका विषयमा प्रशासन र सञ्चारमाध्यमबीच नियमित संवाद हुनुपर्ने बताउनुभयो। उहाँले जिल्लामा हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउन र नागरिकका समस्याको समाधान खोज्न सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा पत्रकारहरूले जिल्लाको समसामयिक अवस्था, सार्वजनिक सेवा प्रवाह र नागरिकका विभिन्न समस्याबारे आफ्ना धारणा राखेका थिए। सहभागीहरूले प्रशासन र पत्रकारबीचको नियमित संवादले पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमले कपिलवस्तुमा प्रशासन र सञ्चार क्षेत्रबीच आपसी समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित : २३ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६