ब्रेकिंग न्युज

शितगंगा–कपिलवस्तु जोड्ने मुसियान पुल उद्घाटन, आवागमन सहज हुने अपेक्षा



कपिलवस्तु २५ असोज

अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ र कपिलवस्तुलाई जोड्ने मुसियान पुलको उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले पुलको उद्घाटन गर्नु भएको हो ।


पुल सञ्चालनमा आएसँगै शितगंगा नगरपालिका–१३ र कपिलवस्तुबीचको आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवन, सामाजिक सम्बन्ध तथा आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य विष्णु पन्थी, शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत नारायण ज्ञवाली, नगर प्रवक्ता दामोदर न्यौपाने तथा वडा नम्बर १३ का अध्यक्ष दुर्गा बिसी लगायत जनप्रतिनिधि, स्थानीयवासी र सरोकारवालाको उपस्थिति रहेको थियो।

उद्घाटन गरिएको मुसियान पुल


स्थानीय स्तरमा सडक तथा पुलजस्ता पूर्वाधारको विकासले दुई क्षेत्रबीचको सम्पर्क विस्तार गर्न र नागरिकको आवागमन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पंथीको भनाई रहेको छ ।

प्रकाशित : २५ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६