विचार/ब्लग

प्रचण्डको भूमिका र नेकपाको भविश्य



नेकपाको एकता गर्ने बेला पुष्पकमल दाहाल प्रचण्डले उद्घोष गरेको एउटा विषय हो । एकता नभए विस्तारै माओवादी सिद्धिने र एमाले पनि मुख्य दल बन्न र सत्ता चलाउन सक्ने अवस्थामा नपुग्ने  गंभिर आकलन गरेर एकता गर्ने निष्कर्षमा पुगेका हौ । यो एकता युगौ युगका लागि हो । दशकौ सत्ता संचालन गर्न र जनचाहना अनुरुपको परिवर्तन गर्न नेकपा बनेको हो । प्रचण्डले उद्घोष गरेको अर्काे विषय हो ओली र म  बिच विभिन्न चरणमा कहिले प्रत्यक्ष र कहिले परोक्ष एकताका कुरा लामो समयदेखि चल्दै आएका थिए । अन्त्यमा ओली र मेरो केमिष्टी मिल्ने निष्कर्ष निकालेर सबैलाई सरप्राइज दिने गरि एकता गरेका हौं । 

        यी माथि उल्लेखीत २ विषय प्रचण्डले कुन उन्माद वा उत्तेजनामा बोलेका हुन् वा वास्तविकता हो ? त्यो यतिबेला क्रमश परिक्षण प्रकृयामा गएका छन् । यहानेर पछिल्लो पटक धेरैले प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष केपि शर्मा ओलीले ल्याएका २ अध्यादेशलाई आधार वनाएर ओलीको भविश्य वारे चर्चा परिचर्चा गर्न मै ब्यस्त छन् । यो पंक्तिकारले ओलीको भविश्यवारे धेरै चिन्ता गर्न खोजेको छैन । चिन्ता अव ओलीको होइन भोलिको गर्नु पर्छ । भोली भनेको ओलीको भन्दा प्रचण्डको सवालमा केन्द्रीत हुनेछ । किनकी ओली एक प्रकारले दोश्रो जीवन आर्जन गरे जसरी यतिबेला निको भएर विस्तारै तंग्रिदै छन् ।यस्तो वेलामा भोलिको धेरै अपेक्षा ओलीवाट राख्न मिल्दैन । वर्तमानमा ओलीले जनताका अपेक्षा सकेजति पुरा गर्दै गए पुग्छ । 

         भनिन्छ रुख चढ्न खप्पीस  वाँदर पनि कहिले काही चिप्लन्छ । वाजले कुखुरामा लगाएको निशाना नमिल्दा भूइमा ठोड ठोकेर रित्तै फर्कन्छ । आफू जस्तै अनुहार भएको वाघ माथि झम्टन खोज्दा कहिले काही वाघ इनारमा फस्छ। अहिलेको बेला यस्तै हो । ओलीलाई मेचिकाली अभियानका वेला पूर्वी तराईमा जीवन लिला  नै समाप्त पार्न उद्धत मधेसवादी दलका नेता तीनै उपेन्द्र यादव , राजेन्द्र महतो आदी हुन् ।  ओलीका विरुद्ध भारतसंग मिलेर नाकावन्दी लगाउने तीनै हुन् । हो यहि इवि साध्न ओलीमा भित्रै देखि यस्ता अध्यादेश ल्याउने चाहानामुखारित भएको हुनु पर्छ ।ओलीको मनमा भएको वितृष्णा भावले प्रतिशोध पैदा गर्दा यस्तो अवस्था आएको होला ।

     यस्तो बेलामा अभिभावकिय भूमिकाका नेकपाका अर्का अध्यक्ष प्रचण्डले ओलीलाई यहि मौकामा ठेगान लगाउन खोज्ने  उपयुक्त मौका होइन । ओलीलाई ठेगान लगाएर सत्ता प्रचण्ड कै हातमा लिने हो भने पनि एकता हुदाकै जस्तो स्प्रीटवाट ओलीसंगै वसेर छलफल गरेर लिन परयो । मदन भण्डारीका संकलित रचनामा अहिले पनि लेखिएको छ स्व. मदन भण्डारीले भनेको भनेर —वामदेव विनाको पाटी लुलो हुन्छ भने वामदेवको कमाण्डको पाटी धुलो हुन्छ । वामदेवको कमाण्ड देखिने गरि भैसीपाटीमा वसेर ओलीको विकल्प खोजेर प्रचण्डको अभिभावकीय भूमिका पुरा हुदैन ।यहानेर प्रचण्ड किमार्थ झुक्कीनु हुदैन । 

        साच्चै नेकपाको सुन्दर भविश्य वनाउने हो भने प्रचण्डले ओलीसंग छलफल गरेर उनलाइलाई सहमत गराएरै अघि लैजानु पर्छ ।  त्यसकालागि प्रचण्डले ३ वटा काम गर्नु राम्रो हुन्छ । पहिलो काम ओलीको मनमा पछिल्लो समय असुरक्षा भाव बढेको छ। मेराविरूद्ध षड्यन्त्र भइरहेको छ भनेर ओलीले  सार्वजनिक रूपमै भनेका छन ।  ओली पछिल्ला दिनमा पाटीभित्र अल्पमतमा परेका संकेत छन्। पार्टी सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, संसदीय दल सबै ठाउँमा अल्पमतमा परेको महशुस गरेको अवस्था हो भने  सबै भन्दा पहिला प्रचण्डले साथ दिनु पर्छ  म तपाइलाई अल्पमतमा पारेर हटाउदैन सल्लाह गरेरै यसो गरेर जाऔं भन्नु पर्छ । ओलीले गरेका कमीकमजोरीको प्रचण्डले आत्मालोचना गराउन र अवका काम सहकार्यमा अघि वढाउन एक  मौका भनेर ओलीकालागि मार्ग प्रसस्त गर्नु पर्छ । यस्तो सन्देश जव वाहिर आउछ यतिवेला साविक एमाले तर्फका वहुसंख्यक कार्यकर्ताले बल्ल प्रचण्डलाई आफ्नो सच्चा अभिभावक ठान्नेछन् । 

        दोश्रो कुरा  ओलीले अध्यादेश फिर्ता लिएसंगै मुख्य विपक्षी नेता शेरवहादुर देउवासंग वसेर छलफल गरेका छन् । जे भयो भयो अव मिलेर जाऔं भनेको कुरा वाहिर आएको छ ।  देउवाले अव यस्ता लफडा नमच्चाउन मिलेर अघि वढ्न आग्रह गरेको कुरा आएको छ । यो सकारात्मक छ । यहि मौकामा मधेसवादी दलसंग निकट सम्वन्ध भएका अध्यक्ष प्रचण्डले ओली र जनता समाजवादी नेताका बीचमा भेटघाटको ब्यवस्था मिलाएर उनीहरुसंग पनि एक प्रकारको सहज सम्वन्ध स्थापित गराउने कोशिस गर्नु पर्छ । अव जे भयो भयो मैले ल्याएको अध्यादेशले रातारात एकता गर्न पुग्नु भयो वधाई छ  भनेर ओलीले वधाई दिने र सम्वन्ध स्थापित गराउने काम पनि अभिभावकीय भूमिकामा रहेका प्रचण्डले नै गर्नु पर्छ । 

        तेश्रो कुरा प्रचण्डले ओली इतरका शिर्ष नेतालाई विभिन्न पदको आश्वासन दिएर ओलीलाई हुत्याउने कुरा मस्तिष्कवाटै फाल्नु पर्छ । यो संभव नै छैन यस्तो खेल सार्थक मोडमा पुग्यो भने फेरी पनि एमाले र माओवादी ब्रेक हुन्छ हुन्छ । कसैले रोकेर रोकिन्न । किनकी साविक एमालेमा नेता जतिसुकै कित्ता काटेर युद्ध मोर्चामा लडेपनि कार्यकर्ताले मिलाएर एक  ठाउमा ल्याउछन् भन्ने यस अघिका पार्टी अधिबेशनहरुमा कार्यकर्ताले प्यानललाई च्यातेर आवश्यक सबै नेतालाई जिताएको स्मरण गर्नै पर्छ । 

        जव प्रचण्डले यस प्रकारको खेलवाट ओलीलाई हटाउदैछन् र  माथिका शिर्ष नेताले पदीय आशक्ततामा कसैलाई  राजनैतिक रुपमा पतन गराउने खेल  खेल्दैछन् भन्ने प्रमाण फेला पर्छन साविक एमालेका लाखौ कार्यकर्तालाई स्वभावत यो विषय अस्वीकार्य  हुनेछ । माधव र वामदेवलाई साथमा लिएर यस्तो गर्दैछन् भन्ने अन्तिम कुरा जव सप्रमाण वाहिर आउछ त्यो प्रचण्डले थेग्नै नसक्ने चरणमा पुग्छ त्यस्तो अहिले स्वमय प्रचण्डले सोचेका पनि छैनन् होला । तर वाहिर फैलाइएका भ्रमहरुमा यस्ता कुरा आएका छन् । 

        ओलीनिकटका केहि नेताहरुका अनुसार प्रधानमन्त्रीलाई आउने बजेट अधिवेशनअघि नै  हटाउने तयारी पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालको थियो, त्यसैलाई रोक्न यो अध्यादेश आएको हो भनेर आम संचार माध्यमवाटै बोली सकेका छन् । मूलत व्यक्तिगत रूपले मैले प्रचण्ड र नेपालले अहिल्यै त्यसो गर्न खोजेका थिए भन्ने ठान्दैन । किनकी अहिल्यै ओलीलाई सत्ताच्यूत गर्नु अनपेक्षित नै हुन आउछ । ओलीको नेतृत्वमा निर्वाचन जितेर आएको पार्टीले उनैलाई हटाउँदा आम नागरिकले के भन्छन् ?  हटाउन खोज्दा त्यसको प्रतिवाद स्वरुप ओलीले के के कदम चाल्ने हुन ?  त्यसले राजनीतिलाई कति अस्थिर बनाउँला वा हटाउन सकिएन भने त्यसले आफूहरूलाई कति राजनीतिक क्षति हुन जाला यस्ता सवाल प्रचण्डले कति हिसाव गरेका छन्  थाहा छैन तर माधव नेपालले अत्यन्तै सुक्ष्म रुपमा गरेकै हुनुपर्छ । 

        हो नेकपा भित्र   शक्ति सन्तुलनको  त्रिकोणात्मक सम्वन्ध छ । हिस्सावाडेर  भाग लगाएर लिएको हुनाले प्रचण्डसँग पार्टीका महत्वपूर्ण अंगहरूमा ४० प्रतिशत सदस्य छन्  ओलीसँग करिब ४० प्रतिशत र माधव नेपालसँग करिब २० प्रतिशत छन्। तर माधव नेपालसंग भएका २० प्रतिशत ओलीलाई मिल्काएर फाल्न वा समाप्त पार्न तयार छैनन् । ओलीवाट भएका कमीकमजोरीको आत्मालोचना हुनुपर्ने ।पार्टीलाई एक ढिक्का वनाएर सस्थागत निर्णयका आधारमा चल्नु पर्ने ओली एक्लै जसो मनलाग्यो त्यसो  गर्न नहुने पक्षको खवरदारीमा माधव नेपाल निकटका नेताहरु छन् । तर ओलीलाई फयाकी हाल्ने स्थितीमा उनीहरु  तयार हुने वातावरण  वनेको छैन ।  

        मानौ ओलीले गरेको पछिल्लो कमजोरी असोभनिय नै  होला  । तर दोश्रो पटक मृगौला प्रत्यारोपण गरेर बेड रेष्टमा रहेका वखत ओलीले कोरोना विरुद्धको लडाइमा दिलाएको अहिले सम्मको सफलता  सह्रानिय छैन ? ८१ वर्षका बृद्ध सम्म निको भएर घर जाने एकजना सम्मले  ज्यान गुमाउन नपर्ने  अहिले सम्मको अवस्था प्रति ओलीलाई पाटीले धन्यवाद दिनु पर्दैन ? ओलीले पार्टी मत र जनमतको कदर गरें भन्दै अध्यादेश  फिर्ता ल्याएर गल्ती सच्चाएपछि यो विषय अझै तन्काएर लैजाने की ओलीले त्रुटी महशुस गरेको क्षणमा वसेर अव उप्रान्त यसरी जाऔं भनेर ओलीलाई कन्भिन्स गर्ने ?

        यो पंक्तिकार पूर्ण विश्वस्त छ प्रचण्ड राजनीतिमा धेरै चिज गुमाएर अहिलेको भूमिकामा आएका एक महान नेता हुन् । धेरै काल खण्डमा आत्मीय मित्रहरु कतै राजनैतिक रुपमा गुमाउदै  त कतै भौतिक रुपमा गुमाउदै नेकपा जस्तो अत्यन्तै शक्तिशाली पाटीको अध्यक्षको भूमिकामा छन् । यस्तो वेलामा प्रचण्डले ओरालो लागेको मृगलाई कुकुरले लखेटे जस्तो गरेर होइन सिडीवाट चिप्लीएर खस्न खोज्नेलाई काँध थापेर जानु पर्छ । नेकपाको सुन्दर भविश्य केवल प्रचण्डको हातमा छ । किनकी २ अध्यक्ष मध्ये एक अध्यक्षले अफ्ठयारो महसुस गरेका बेला अर्काे अध्यक्षले पनि अभिभावकीय भूमिका ननिभाए कसरी नेकपाको भविश्य सुन्दर र सुरक्षित हुन सक्ला र ?  

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६