पर्यटन

अर्घाखाँची प्रबेशमा ब्यारेल लगाएरै रोक , प्रशासनको पास वाहेक सवारी चलाएमा क्वारेण्टाइन



अर्घाखाँची १६ बैशाख  । अर्घाखाँची जिल्लामा बाहिर आउने सम्पूर्ण सवारी साधनलाई रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेका अनुसार जिल्ला प्रशासन कार्यालयले जारी गरेको सवारी पास बिना अर्घाखाँची जिल्लामा आउने कुनै पनि सवारी साधनलाइ बैशाख १६ गते विहान ६ वजे देखि पूर्णरुपमा निषेध गरिएको हो । पास विना सवारी साधन चलाउनेलाई छोपेर सिधै क्वारेण्टाइन पठाइनेछ । यस्तै अर्घाखाँची जिल्लामा लकडाउनको उल्लंघन बढेको भन्दै उच्च कडाई गरिने भएको छ ।

         जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले दिएको निर्देशन अनुसार जिल्लामा कडाई गरिने भएको हो । अर्घाखाँचीमा पछिल्लो समय सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेको छ ।गृहको परिपत्रलगत्तै अर्घाखाँचीमा प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही पनि थालेको छ । केही दिन यता स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रमा बस्नेहरुलाई काठमाडौंबाट लगिरहेका छन् । सिमाबाट १२९ जना अर्घाखाँचीबासी आएको प्रेसपाटीले तथ्य प्राप्त गरेको छ ।  

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६