प्रदेश

बिपद ब्यवस्थापनका ताजा निर्णय : फलफूल पूर्ण प्रतिबन्द, तरकारी बेच्न सिफारिस र मूल्य सूची अनिवार्य, विकास निर्माण सुचारु



कपिलवस्तु २३ बैशाख  बाणगंगाले लकडाउनलाई अझै कडा र ब्यवस्थित तुल्याउने भएकोछ । आज वसेको विपद ब्यवस्थापन समितिको बैठकले  यस्तो निर्णय गरेको हो । जस अनुसार विहानमा खुल्दै आएका अत्यावश्यक सेवा दिने पसलहरु ठीक ७ बजे खोल्ने र १० बजे बन्द गरि सक्ने निर्णय गरेकोछ । सामाजिक दुरी कायम गरेर खरिद विक्री नभएमा प्रहरीले हस्तक्षेप गर्न समेत समितीले आग्रह गरेको छ । यता नगरभित्र फलफूल विक्री गर्ने पसलहरु पूर्ण रुपमा बन्दगर्ने बैठकले निर्णय गरेको छ । भारतीय फलफूल मात्र बजारमा रहेकाले फलफूल विक्रीमा पूर्ण रोक लागएको हो । तरकारीका हकमा बाणगंगा वाहेकका अन्य पालिकाको आधिकारीक सिफरिस पत्र र परिचयपत्रका आधारमा मात्र विक्री गर्न दिने निर्णय गरेको मेयर मंगल प्रसाद थारुले  वताउनु भयो  । 

        यता विकास निर्माणका अधुरा कामहरु सामाजिक दुरी कायम गरेर गर्न अनुमति दिने  बैठकले निर्णय गरेको छ । हरेक वडाका महत्वपूर्ण विकासका कामको सिफारिस वडावाट लिएर निर्माण सामाग्री खरिद विक्री र ढुवानी गर्न पाइने भएको छ  । जसका लागि विहान ७ देखि १० वजे सम्ममै समयमा गर्नु पर्ने बैठकको  निर्णय रहेको  उपमेयर चक्रपाणी अर्यालले  प्रष्टयाउनु भयो । हरेक अत्यावश्यक  पसलमा सामानको मूल्यसूची अनिवार्य राख्न उद्योग वाणिज्यसंघ मार्फत कडा कार्यन्वयनमा  लैजाने निर्णय विपद ब्यवस्थापन तथा समन्वय समितीको बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले वताउनु भयो । बैठकको निर्णयपछि उद्योग बाणिज्यसंघ कपिलवस्तुले सबै ब्यापारीले लागु गर्ने अध्यक्ष उमानाथ पौडेलले  वताउनु  भयो । 

        बिपद ब्यवस्थापन समितीका सदस्य एवम समाजसेवि दोलख  राम घिमिरेले विकास निर्माणका सबै काम सूचारु गर्ने निर्णय नभएको वताउदै महत्वपूर्ण र अधुरा योजनाको मात्र काम अघि वढाउने निर्णय भएको  जानकारी दिनु भयो । उहाले छडसिमेण्ट , ढुंगागिटटी , वालुवा र इटाको ढुवानी गर्दा विहान ७ देखि १० वजे सम्म मात्र गर्न पाइने प्रष्टयाउनु भयो । साथै नदीजन्य पदार्थको ढुवानी गर्दा आधिकारीक डम्पीङवाट भ्याट वील सहित मात्र गर्नु पर्ने निर्णय भएको छ । नदीमा ढुवानी साधन लगेर ढुवानी गर्न पाइने छैन । यी सबै काम वडाको सिफरिस वाहेक गर्न पाइने छैन । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६