प्रदेश

दशगजाको मैदानवाट,कोरोनाको लडाईवाट : लेखि रहेछु सत्य कथा ९३ किमीवाट …



कपिलवस्तु २३ बैशाख फोकलैण्डको टापुवाट युद्धको मैदानवाट लेखि रहेछु पत्र तिमीलाई ….बाँचे भने फर्की आउँला मरे ……यो अत्यन्तै मर्म स्पर्सी गीत विदेशी भूमीको रक्षाकालागि खटिएका नेपाली सुरक्षा कर्मीको स्मरणमा लेखिएको  हो । तर यतिबेला ठीक विपरीत अवस्थामा स्वदेशी सुरक्षाकर्मी स्वदेशी जनजीवनको रक्षार्थ स्वदेशी सिमानाको युद्ध मैदानमा खटिएका छन् । उनीहरुको सम्मानमा यस्तै अर्काे गीत तयार पार्ने परिस्थिती आएको छ । “दशगजाको मैदानवाट  ,त्रिपालको वाँस छ र हावाको बबण्डरसंगै कोरोनको त्रास छ —नेपाल आउनेलाई  रोक्ने २४ घण्टे  प्रयास छ । 

             यस्तो अवस्था हो कपिलवस्तुको   ९३ किमी  क्षेत्रमा भारतीय भूमीवाट नेपाल प्रबेश गर्न रोक्न खटिएका सयौं शशस्त्र प्रहरीको । उनीहरु कोरोना विरुद्धको लडाईमा सिमानामा संघर्षरत छन् । उनीहरुको कथा ब्यथा समेट्ने प्रयास गरिएकोछ ।  विवरण अनुसार सशस्त्र प्रहरीले अहिले चुलोचौकोसंगै जिल्लाको ९३ किलोमिटर सिमा सुरक्षा गरिहेका छन । कोरोना  भाईरस फैलन नदिन चोर नाका र खुला सिमाबाट आवागमन रोक्न र सिमा सुरक्षाकालागि दिनरात सिमा सुरक्षा दिने गरेका  छन । निकै दुःख कष्ट सहेर चुलोचौकासंगै पालमा बसेर सिमा सुरक्षा दिने सशस्त्र प्रहरी भने तनावमा छन । अहिलको हावाहुरी, घाम , पानी, लामखुट्टे लागतयका कारण उनीहरु समस्यामा पर्नेे गरेका छन ।

            यशोधरा गाउपालिकाको पुर्निहवा स्थित सीमा निगरानीकालागि खटिएका सशस्त्रका नायव निरिक्षक लोकदर्शन खड्काले साझ/विहान हावा चल्नासाथ तनाबमा पर्ने गरेको बताउनु भयो । ‘ यस्तो हावाहुरीको मौसममा खुला आकाश मुनी खाना पकाउनु पर्छ ’ उहाले भन्नु भयो  ‘ हावा चल्ना साथ खाना पकाउन सकिदैन् ‘  बैशाखमा हावाहुरीले आगलागीको उत्तिकै जोखिम हुन्छ । त्यसमाथी खाना पकाउदा हावाहुरी चल्दा होसहवास उड्छ ।

         टेन्टमुनी बस्दा हावाहुरी र चट्याङ पर्दा भगवानकै नाम लिदै बस्नु पर्छ । कपिलवस्तुको पश्चिमको कृष्णनगर नगरपालिका–१२, भदुईमा सीमा निगरानी गर्न खटिएका निरिक्षक बृत्तबहदुर थापाले टेन्टमा प्रचण्ड गर्मीले बसी नसक्नु हुने गरेको बताउनु भयो  । ‘ छेलछाउमा ओत लगाउने ठाउ छैन् ’ उहाले भन्नु भयो चर्को घामले गाह्रो बनाएकोछ । हावाहुरीले टेण्ट उडाउला जस्तै गर्छ । वर्षाले पानी चुहिएर समस्या बनाएकोछ । थापा सशस्त्रको ३२ नं गण सुर्खेतबाट ८५ जनाको टोली लिएर यहा आएका छन् ।कोरोना भाईरस फैलन नदिन सीमामा टेण्ट गाडेर दुःखकष्ट सहदै सशस्त्र प्रहरी खटिएका छन् ।

    उनीहरुको २४ सैं घण्टा ध्यान सीमामै हुन्छ । भारततिरबाट संक्रमित व्यक्ती नआउन भनेर दिनरात सीमाकै निगरानीमा हुन्छ । सबै अस्थाई टेण्ट पाल टागेर बसेका छन् । कतिपय ठाउमा खाना पकाउदै सीमा सुरक्षा गर्दै आएका छन् । साझ विहानको चुलोचौकोको जोहोमा पनि उनीहरु आफै लाग्नु परिरहेकोछ । परपर रहेका ठाउमा आफै आफै  पकाएर खाने व्यवस्था छ । सशस्त्रको स्थाई युनिट बिओपी, गुल्म रहेको ठाउमा भने त्यहीबाट खाना ख्वाउने व्यवस्था मिलाईकोछ । दुरबिनबाट टाढाटाढासम्म सीमाको निगरानी गरिएको छ । रातिमा टर्च लाईट बालेर निगारानी गरिन्छ । प्रचण्ड गर्मीमा उभिएरै खलखली पसिना बगाउदै सुरक्षा दिनु परेकोछ । 

            ‘अधिकान्स टेन्ट एकान्त र सुनसान ठाउमा छन्,’ हर्दौना नजिक खटिएका बर्दघाटबाट आएका सहायक निरिक्षक सुरेन्द्र खत्रीले भन्नु भयो ‘  ‘रातिका बेला अझ चनाखो हुनु पर्छ ।’ कतिपय टेण्ट जंगल नजिक छन् । त्यहा वन्यजन्तुको पनि उस्तै डर हुन्छ । ‘सुत्ने भन्दा पनि रातमा सतर्कता अपनाएरै बस्छौं,’ अर्का टेण्टका सहायक निरिक्षक कमल यादबले भन्नु भयो  ‘लामखुट्टे उस्तै लाग्छ ।’ तर राष्ट्रले दिएको जिम्मेबारी पूरा गर्न पाउदा खुसी लागेको उहाले वताउनु भयो । कतिपय ठाउमा भूईमै बसेर खानु पर्छ । समस्या त धेरै छन् निरिक्षक बृत्तबहदुर थापा भने सुरक्षा ठूलो कुरा भएकाले सुविधाका कुरा गौण बनेका छन् । कही कही स्थानीयले खाट टेबुल सहयोग गरेका छन् । अधिकान्स ठाउमा सीमित स्रोत र साधनमा चित्त बुझाउनु परेकोछ । जिल्लासंग सीमा जोडिएको ९३ किमीमा ४५ ठाउमा पाल र टेण्ट टागेर अस्थई पोष्ट खडा गरिएकोछ । त्यहाबाट ६५ बढी खुला ठाउमा डियुटी दिईएकोछ ।

        सशस्त्रको उपस्थितीले भारतसंग सीमा जोडिएको सबैठाउ सशस्त्रले सील गरिकोछ । उनीहरुलाई सीमा रहेको ६ विओपी र एक भन्सार राजस्व गुल्मबाट परिचालन र समन्वय गरिरहेकोछ । जिल्लामा ३ सय बढी थप जनशक्ती आएकोछ । उक्त युनिटले थप जनशक्तीलाई त्यस्ता लुकीचोरी आवतजावत गर्न सकिने नाकामा अस्थाई पोष्ट बनाएर परिचालन गरेको सशस्त्रको २८ नंबर गणका उपरिक्षक जनकराज पुरीले बताए । ‘२४ सै घण्टा डियुटी लगाएका छौं,’ उनले भने, लुकीचोरी आवतजावत हुने नाका ठप्प छ ।,’ जिल्लाभारि सशस्त्र एक हजार ४ सय बढी जनशक्ती परिचालन गरिएकोछ । जिल्ला स्थित सशस्त्रको गणले सकेसम्म लामखुट्टेको धुप, ओडोमस र सेनीटाईजर लगायतका सुरक्षात्मक सामग्री प्रदान गरेकोछ । आफै पकाएर खाने ठाउमा खाद्यान्न र तरकारी पु¥याउने गरिएकोछ ।

        पश्चिम नवलपरासीदेखि बर्दियासम्म ४ सय ८ किमी खुला सीमा भारतसंग जोडिएकोछ । एउटादेखि अर्को पोष्ट देखिने गरि खटिएका छन् । ‘आई कन्ट्याक्ट हुने गरि पोष्ट राखिएका छन्,’ ५ नंबर प्रदेश बिन्ध्यबासीनी बाहिनीका प्रमुख डिआईजी नारायणदत्त पौडेलले भने, ‘कही कही वन, नदी र तालकाकारण अली पर छन् ।’ त्यस्ताठाउमा मोबाईल पैदल गस्ती गरेर सीमा निगरानी गरिरहेको उनले बताए । त्यस्तै गाडीबाट नियमित पेट्रोलिङ गरेका निगरानी सशक्त बनाएका छौं । सीमाका ६ जिल्लाका २ सय ५० बढी अस्थाई पोष्ट बनाईएका छन् । त्यहाबाट छेउछाउमा खटिएर सीमा निगरानी गरिएकोछ । 

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६