प्रदेश

कपिलवस्तु स्थित दशगजा क्षेत्रमा तनाव ,छ सय जना नेपाल प्रबेश गर्ने प्रयासमा ,सिमाक्षेत्रका पालिकाद्वारा खानाको ब्यवस्था


२५ बैशाख २०७७, बिहिबार


कपिलवस्तु २५ बैशाख  भारतमा लकडाउनको स्वरुप बढेसंगै नेपाल फर्कने क्रम निरन्तर बढीरहेकोछ । गत मंगलवार देखि जिल्लाका बिभिन्न नाकाबाट फर्कनेहरु नेपाल प्रबेश गर्न खाजेका थिए । नेपाल प्रबेश गर्न दिन गृह मन्त्रालयको आदेश नहुदा उनीहरुलाई दशगजामा  राखिएका छन । सशस्त्र प्रहरीले फर्कनेलाई धमाधम नियन्त्रणमा लिएर दशगजाा राखेको छ ।

    बिहीवार साझ ६ बजे सम्म जिल्लाका बिभिन्न ६ नाकामा कुल ५ सय ७६ जना रहेको सशस्त्र प्रहरी उपरिक्षक जनकराज पुरीले बताए । कृष्णनगरमा १ सिय ३, हदौनामा १ सय ३५, मर्यादपुरमा ७०, चाकरौडामा ९६, हथिहवामा १६भिल्मीका १ सय २७ जना छन । उता भारतले मर्यादपुरबाट आफनो देशको क्वारेन्टाईनमा लगको ८८ जना पनि क्वारेण्टाइनमा बस्न नमानेर  फर्केर सिमा क्षेत्रमै आएको प्रजिअ दीर्घ नारायण पौडेलले बताए । भारतले क्वारेन्टाईनमा लगेकाहरु फेरी मर्यादपुमरा फर्किन थालेका उनले बताए । नाकाबाट फर्कनेहरु निरन्तर बढे पछि त्यसको ब्ष्यवस्थापनमा निकै गाह्रो परेको छ । घामपानी, हावाहुरीमा खुला आकाशमुनी उनीहरु बस्न बाध्य छन । प्रहरीको आखा छलेर नेपाल भित्र खोज्नेहरु प्रति शसस्त्र प्रहरी चनाखोपूर्वक खटेको वताइन्छ । यता कपिलवस्तुमा बिहीवार सम्म कुल १ हजार १०५ जनाको र्यापिड टेस्ट भएको छ ।

    बिहीवार शिवराजमा २ र कपिलवस्तुका एक टेस्ट भएकाछन्  । सबैको रिपार्ट नेगेटिभ रहेको जिल्ला स्वास्थय कार्यालय प्रमुख योगेन्द्र भगतले बताए ।  उता र्यापीड टेस्ट र पिसिआरकालागि आवश्यक किट नहुदा टेस्ट प्रभाभित भएको भगलते बताए । टेस्टकालागि चाहिने आवश्यक सामाग्री प्रदेश सरकारसंग माग गरिएको उनको भनाइछ ।।

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे