प्रदेश

भारतवाट आएकालाई मेयरले घरघरवाट उठाए, सिडियोले दशगजा मै पठाए



कपिलवस्तु २६ बैशाख । मेयर उठाउने प्रजिअ पठाउने भन्ने सुन्दा एउटै काम तालमेल युक्त होला भन्ने लाग्न सक्छ । तर संयोग मान्नेकी तालमेल विहिन, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले भारतवाट आएकालाई तौलिहवाको क्वारेण्टाइनमा राख्न घर घरवाट टेक्टरमा उठाए भने प्रजिअ दिर्घ नारायण पैडेलले बीचवाटै दशगजा तर्फ नै पठाए । हो यस्तै अवस्था आज शुक्रवार अपरान्ह २ वजेतिरको हो । कपिलवस्तु नगरपालिका वडा नं ८ वाट तैलिहवा  स्थित क्वारेन्टाईनमा राख्न ल्याईएको करिब ४० जनालाई पून दशगजा क्षेत्रमै पठाईएको छ । 

        मेयर किरण सिंहले स्थानीय नागरिकलाई आफ्नै क्वारेण्टाइनमा राख्न खोजेको वताउदै गहृको आदेश भनेर सिडियो सापले जसरी पनि सिमामा पुराउने भनेपछि त्यसै गर्नु परेको प्रेसपाटीलाई जानकारी दिनु भयो । भारतवाट लुकिछिपी हिजो र अस्ती अएका उनीहरुका कारण सिंगो गाउ आतंकित बनेपछि मेयर किरण सिंह कै नेतृत्वमा तौलिहवा स्थित क्वारेण्टाइनमा राख्न ल्याइएको थियो । तर गहृ मन्त्रालयले भारतवाट लुकिछिपी आएकाहरुलाई जहा भेट्यो त्यहीवाट दशगजामा फर्काउने र भरतसंगको समन्वयमा क्वारेण्टाइनमा राख्ने  आदेश दिएपछि उनीहरुलाई पुन दशगजा नजिक पुराइएको हो । भारबाट नेपाल लुकिछिपि आउने जोकोहीलाई नियन्त्रणमा लिई दशगजमा पठाईरहेको उहाको भनाई छ । 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६