प्रदेश

बन्दाबन्दीले कुनै समस्या नआए भवन निर्माण कार्य संझौता अवधि भित्रै सम्पन्न गर्ने लक्ष्य



अर्घाखाची २८ बैशाख ।  क्षेत्रफलको हिसावले देसकै ठुलो नगरपालिका सितगगां नगरपालीकाको भवनको एक कार्यक्रमका बिच शिलन्यास भएको छ । भवन शिलन्यासको लागि शुभ साइत पारेर अर्घाखाँचीको सितगंगा नगरपालीका ३ साउटोलामा केहि समय पहिले नै नगरपालीकाको भवन निर्माण गर्न जग्गा धनिहरुले १३ रोपनी निशुल्क जग्गा दान गरेका थिए ।सोहि ठाउँमा नव निर्मित भवन नगरप्रमुख सुर्य प्रसाद अधिकारीले शिलन्यास गर्नुभएके हो  । भवन निर्माणको शिलन्यास काक्रममा नगर प्रमुख अधिकारीले भने निर्माण सम्झौता गरी भवन निर्माणको अगाडि बढिसकेको छ अव कार्य योजनाबद्द रुपमा अगाडि बढ्ने बताउनुभयो ।

       नगरपालिकाले नगरको विकास र समृद्धिको लागि पुर्वाधार निर्माणका कार्यहरु तिव्र रुपमा सञ्चालन गरेको बताउनुभयो । उहाँले सरकारी संरचना निमार्णको लागी जग्गा दान गर्ने जग्गा दाताहरु धन्यवाद व्यक्त गर्नुभएके थियो  । पिटिआर कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले ४करोड, १४लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको सितगंगा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनुभयो  ।

             बहु वर्षिय निर्माण संझौता भएको छ कोरोना भाइरस कोभिड १९ को संक्रमण र देश बन्दाबन्दीले कुनै समस्या नआए भवन निर्माण कार्य संझौता अवधि भित्रै सम्पन्न गरीने लक्ष्य रहेको प्रमुख प्रसासकिय अधिकृत गौतमले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख टिका रेस्मी, नगरपालिकाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६