मनोरञ्जन

मेरो देशको बेपत्ता सरकार, निदाएका प्रतिपक्ष अनि मेरो लिपुलेक


२८ बैशाख २०७७, आइतबार


कपिलवस्तु 

मनमा डढेलो लागेको छ।

अब आफ्नै बस्मा छैन मन

मेरो लिपुलेक मा छिमेकीको गिद्दे नजर 

अनि 

मेरो देशको बेपत्ता सरकार अनि निदाएका प्रतिपक्ष देखेर


वाण जस्ता तिखा उनीहरुका कार्यले

म भित्र भुकम्प जस्तो उथलपुथल गर्छ मन

 म रोक्न खोज्छु तर डढेलोका ज्वाला  झन्झन्  बाक्ला भएका छन् ।


छिमेकी देशको प्रत्येक उपेक्षित हेराइले 

एउटा हारे जस्तो जिउँदै मरे जस्तो 

बाच्नुको लोप रितिएर मन तातिएर झन्झन्  विष्फोट हुन लागेको छ।

मेरो देशको बेपत्ता सरकार अनि निदाएका प्रतिपक्ष देखेर


तोप जस्तै पड्किन चाहने विद्रोहको बोली 

गला नीर भासिन थालेको छ

मस्तिष्कमा विद्रोहको कल्पना नाच्न थालेको छ ।

छिमेकीको देशको  हस्तक्षेप देखेर।


अनि मलाई घिसार्दै मलाई बगाउदै

 नशा नशामा उथलपुथल गर्दै 

मेरो देशको बेपत्ता  सरकार

 अनि निदाएका  प्रतिपक्ष देखेर

मन म सँग अध्यारोमा  हिड्न थालेको छ

परको उज्यालो देखेर।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे