प्रदेश

आन्तरीक मन्त्रीलाई ध्यानाकर्षण ,सामुदायिक टेलिभिजनको ७ बुँदे स्मरण पत्र



रुपन्देही रुपन्देही २९ वैशाख  । सामुदायिक टेलिभिजनहरुको छाता संस्था एलाईन्स फर कम्युनिटी मिडियाले प्रदेश ५ सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई सामुदायिक टेलिभिजनले भोगका मुख्य समस्या समाधान गर्न ७ बुद्धे ध्यानकर्षण पत्र बुझएकेछ । विश्वभर फैलिएको कोरोना संक्रमणको विपत्तिको बेलामा समुदाय स्तरमा सूचना संवाहकको रुपमा रहेका सामुदायिक टेलिभिजनहरु अत्यन्त आर्थिक संकटमा रहेकोले संकटबाट जोगाउन सरकारसंग आग्रह गरेको छ । 

        लकडाउनका कारण उद्योग धन्दा तथा व्यापार व्यवसाय बन्द हुंदा विशेषगरी टेरेस्टेरीयल र केवुल प्रविधीमा आधारीत सामुदायिक टेलिभिजनहरुको विज्ञापन बजार बन्द भएको भन्दै यस्तो संकटको बेला सामुदायिक टेलिभिजनहरु जोगाउन सरकारसंग आग्रह गरेको हो । आईतवार संस्थाका संयोजक दिनेश पाण्डेको नेतृत्वको टोलिले प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री केसीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। उक्त ध्यानाकर्षण पत्रमा टेलिभिजनहरुको नविकरण तथा रोयल्टी शुल्क मिनाह गर्नका लागि संघिय सरकारसंग समन्वय गरिदिन आन्तरिक मामिला मन्त्रालयलाई आग्रह गरिएको छ । 


        त्यसैगरी प्रदेश सरकारले जारी गर्ने सूचना र विज्ञापन एकद्वार प्रणाली मार्फत सिधै संचारगृहहरुलाई समानुपातिक रुपमा वितरण गर्न आग्रह गरिएको छ । त्यस्तै सामुदायिक संचार माध्यमले खरिद गर्ने उपकरण र त्यहा कार्यरत पत्रकारका संचार उपकरणमा बिशेष छुट दिनेगरि प्रदेशको बार्षिक बजेटमा ब्यवस्था गर्न आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा सामुदायिक टेलिभिजनको क्षमता विस्तार र भौतिक संरचना निर्माण गर्दा बिनाधितो ऋण पाउने ब्यवस्था गर्न पनि माग गरिएको छ । मन्त्रीसंग ध्यानकर्षण पत्र बुझाउदै भएको संक्षिप्त छलफलमा संचार मन्त्रालयले संचार गुहहरुलाई दिने विज्ञापन र कार्यक्रममा एजेन्सीहरुको उपस्थिती अस्वीकार्य हुने भन्दै उक्त कार्य तत्काल रोक्न माग गरिएको टोलीका प्रतिनिधी एवम बुद्ध आवाज टेलिभिजनका ब्यवस्थापक भेषराज पण्डेले वताउनु भयो  । 

        ध्यानाकर्षण पत्र बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशीले संकटको समयमा सामुदायिक टेलिभिजनहरुलाई बचाउन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो । सो अवसरमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर वहादुर केसी समेत उपस्थित हुनु हुन्थ्यो ।  नेपालमा समुदाय स्तरको लगानी ,संरक्षण र समुदाय कै सचेतनाका लागि समर्पित करिव ३ दर्जन सामुदायिक टेलिभिजन संचालनमा रहेका छन् । यसैगरी प्रदेश ५ भित्र आधादर्जन वढी यस्ता संचार सस्थाहरु निरन्तर संचालनमा रहेका छन् ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६