प्रदेश

ब्रेकिङ अपडेट :अब ३८ जनाको नतिजा आउन वाँकी ,कपिलवस्तुमा संक्रमितको संख्या २१ पुग्यो



कपिलवस्तु २९ बैशाख । कपिलवस्तुवाट  काठमाण्डौ स्वाव परीक्षणकालागि पठाइएका २९० जना मध्ये २५२ जनाको  नतिजा आएको छ । जस अनुसार  १६ जना संक्रमित थपिएका हुन् । अव ३८ जनाको मात्र  नतिजा आउन वाकी रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । विहान १० जनाको संक्रमण पुष्टि भएकोमा साझ पुन ६ जना थपिएका हुन् ।

        यो संगै एकैदिनमा कपिलवस्तुका १६ जनामा संक्रमण पुष्टि भएको हो ।यस अघि मायादेवि र शुद्धोधनका ५ जना संक्रमित सहित कपिलवस्तुमा कुल २१ जनामा संक्रमण देखिएको हो । यता सोमवार साँझ पुष्टि भएका ६ जनामा यशोधराका ४ जना रहेका छन् । उनीहरु  वडा नं ५मा १ जना ,७ मा १ जना  र वडा नं ८को २ जना  रहेका छन् । यस्तै २ जना बुद्धभूमीको मानपुरका हुन् । उनीहरु सबै बम्बईवाट ट्रेन र ट्रक मार्फत आएको जानकारी प्रेसपाटीले प्राप्त गरेकोछ ।  यशोधरामा फेला परेका नयाँ ४ जना भारतवाट आएपछि घरमा गएर मात्र क्वारेण्टाइनमा बसेको वताइएकोछ । 

    यता नेपालमा सोमबार संक्रमितहरुको संख्या एकै दिन २४ थपिएको छ। सोमबार बेलुका थप १३ जना संक्रमितहरुको संख्या थपिएसँगै एकै दिन संक्रमितहरुको संख्या २४ पुगेको हो।स्वास्थ्य मन्त्रालयले सोमबार साँझ यसको जानकारी गराएको हो।योसँगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ।कपिलवस्तुमा छ जना, रुपन्देहीमा छ जना र बर्दियामा १ जना गरी १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यी सबैको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको हो।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६