अन्तर्राष्ट्रिय

कोरोना भाइरस उन्मुलन नहुन पनि सक्छ : डब्लुएचओ



एजेन्सी, १ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस कहिल्यै समाप्त अर्थात उन्मुलन पनि नहुन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका आपतकालीन निर्देशन डा.  माइक रायनले  कोरोना भाइरस चाँडै अन्त्य हुने भन्दै भइरहेका भविष्यवाणी तर्फ इंगिद गर्दै यो भाइरस कहिल्यै अन्त्य नहुने वा रहिरहने सम्भावना देखिएको बताउनु भएको हो ।

        यो भाइरसले विभिन्न क्षेत्रअनुसार रूप बदलेर अर्को भाइरस बनेर बसिरहन सक्ने देखिन्छ, कहिले समाप्त नहुन पनि सक्छ,’ जेनेभामा भएको भर्चुअल प्रेस सम्मेलनमा रायनले यस्तो धारणा राख्नु भएको हो । रायले भन्नुभयो  जसरी एचआईभी भाइरसको  अहिलेसम्म निर्मूल हुन सकेको छैन त्यसैले  यसविरुद्ध खोप नबन्दासम्म मानिसले यस रोगविरुद्ध उचित स्तरको प्रतिरोध क्षमता प्राप्त गर्न वर्षौं लाग्ने बताउनुभयो ।

        विश्वमा कोरोनाविरुद्ध खोप बनाउने दौडमा धेरै देशहरु रहे पनि कुनै पनि देशले सफलता प्राप्त गर्न सकेका छैनन । खोप भएर पनि रोग उन्मुलन नभएका धेरै रोगहरु रहेको हुँदा वैज्ञानिकहरुलाई यसले थप चिन्तित बनाएको  ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६