प्रदेश

निशेधज्ञा तोड्दै जुलुश ,बालयौन दुराचारीलाई बचाएको भन्दै प्रहरी चौकीमा तालाबन्दी



कपिलवस्तु १ जेठ ।  कपिलवस्तुमा स्थानीय प्रशासनको निशेधाज्ञा (जिल्ला सिल) तोड्दै महिलाहरु नारावाजीमा उत्रिएका छन् । उनीहरुले प्रहरीका विरुद्ध नारावाजी गर्दै गजेहडा चौकी घेराउ गरेकाछन् । बाणगंगाको गजेहडाका ३ वालिकालाई यौन दुराचार गर्ने २ जना मध्ये एकजना अदालतवाट कुनै सजाय  विना छुटेपछि पीडित परिवार सहित स्थानीय महिलाले प्रहरी चौकी गजेहडा घेराउ गरी नारावाजी गरेकाछन् । उनीहरुले विकाउ प्रहरी चहिदैन बाणगंगमा रहन पाइदैन भन्दै नारावाजी मात्र गरेनन् । प्रहरीलाई निकलेर चौकीमा ताला लगाइ दिएका छन् ।  

उनीहरुले स्थानीय प्रहरीले पीडकसंग रकम खाएर मुद्धा कमजोर बनाएको महिलाहरुको आरोप छ । स्थानीय एकजना १७ वर्ष ६ महिला किशोर र अर्का ४२ बर्षका पुरुषले ८देखि १० बर्षका वालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै करिव २२ दिन अघि प्रहरीमा जाहेरी  परेको थियो । बुधवार जिल्ला अदालत कपिलवस्तुका न्यायधिस लोकजंग शाहले अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावको जिम्मा लगाई छाड्ने आदेश दिएका थिए । सोही अनुसार पीडक मानिएका किशोर छुटेर गाउमै आएपछि ती बालिका असुरक्षित भएको भन्दै न्यायको माग सहित प्रहरीमा घेराउ गरेका हुन्। एकजना अभियुक्त छुटेपनि अर्काेलाई अझै अदालतमा पेश गरिएको छैन । 

        पीडित वालिकाले आफुहरुलाई शरिरका विभिन्न भागमा सुमसुमाउने ,पुरुष यौनअंग चलाउन लगाउने , गुद्धारवाट यौनक्रिया गर्ने जस्ता काम ती दुबै अभियुक्तले  गरेको प्रहरी समक्ष बयान दिएको उनीहरुका अभिभावकको दाविछ । बाणगंगाको इलाका प्रहरी कार्यलय पिपराले  अदालत समक्ष सरकारी वकिल मार्फत पेश गर्दा जवरजस्ती करणी गरेको भनेर पेश गरेको थियो । अधिकारकर्मी महिला चेतना अधिकारीले वाल यौनदुराचार मुद्धा लगाउनु पर्नेमा जवरजस्ती करणी मुद्धा लगाएर प्रहरीले अभियुक्तसंग मिलेमतो गरेको दावि गर्नु भयो । यता पीडित वालिकाका आाफन्तले बालयौन दुराचारी छुटेर गाउमै आउने र ढुक्कले घुम्ने अवस्थाले कानुनी राज समाप्त भएको दावि गर्दै प्रहरी र अदालतप्रति अव कुनै विश्वास गर्ने ठाउ नरहेको दावि गरेका छन् । 


        नागरिक समाज कपिलवस्तुका पूर्व अध्यक्ष द्रोणराज सुवेदीले वालिकाहरु यौनदुराचारमा परेको स्थानीय स्तरमा स्पष्ट भएपछि कानुनी कारवाहीका लागि प्रहरीमा जाहेरी दिएको वताउदै  यसरी मुद्धालाई कमजेर बनाइएला भन्ने कल्पना सम्म नभएको औल्याउनु भयो । यस्तो अवस्था आउनु दुखद रहेको उहाको भनाइछ । समाजसेवि मदन शाहीले वालयौन दुराचारीलाई आर्थिक प्रलोभनमा उन्मुक्ति दिन खोज्ने जो कोहीलाई जनप्रतिरोधवाट ठेगान लगाउने बेला आएको वताउनु भयो । यता इलाका प्रहरी कार्यलय पिपराका प्रमुख आयुष जोशीले पीडितको जाहेरी अनुसारको मुद्धा चलाएको प्रतिकृया दिनु भयो । 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६