प्रदेश

जिल्लाका १० मध्ये आठ स्थानीय तहका ४० जनामा कोरोना संक्रमण पुष्टि भएसगैँ उच्च सतर्कता अपनाईदै



कपिलवस्तु २ जेष्ठ ।  जिल्लामा कोरोना भाइरस कोभिड–१९ बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ ।जिल्लास्तरीय विपत् व्यवस्थापन समितिले अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेसँगै अहिले स्थानीय तहले समेत उच्च सतर्कता अपनाएका छन् । जिल्लाका १० मध्ये अहिलेसम्म आठ स्थानीय तहका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यशोधरा गाउँपालिकामा सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएको छ । कपिलवस्तु नगरपालिकामा नौ र  कृष्णनगर नगरपालिकाका आठ जनामा संक्रमण पुष्टि भएको छ । 

         यस्तै मायादेवी गाउँपालिका र  बुद्धभूमि नगरपालिकाका चारचार, विजयनगर गाउँपालिकामा एक, शुद्धोधन गाउँपालिकाका एक  र वाणगंगा नगरपालिकाकी एक  बालिकामा संक्रमण देखिएको छ ।   शिवराज  र महाराजगञ्ज नगरपालिकामा संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार कपिलवस्तुमा प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति र सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको छ । 

कपिलवस्तुका १४० स्थानमा क्वारेन्टाइन दुई हजार ९०८  शय्या संख्यामा  छ । त्यस्तै चार हजार ४२६ जना क्वारेन्टाइनमा छन् । हालसम्म कपिलवस्तुमा ५९३ जनाको स्वाब परीक्षण गरिएको छ । 

के भन्छन पालिका प्रमुख 

 यशोधराको खोरिया गाउँ सबैभन्दा धेरै १२ जनामा संक्रमण देखिएकाले सिल गरिएको गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिनुभयो । यशोधराका अन्तरवडा आवतजावतसमेत पूर्णरुपमा बन्द गरिएको बताइएको छ ।त्यस्तै कपिलवस्तु नगरपालिकामा भारतबाट आएका नागरिकलाई उच्च निगरानीमा राख्ने र  आवतवाजावतमा पूर्ण रोक लगाइएको नगर प्रमुख किरण सिंहले बताउनुभयो । अहिले  नगरपालिकाका टोलका नागरिकसमेत सचेत भएकाले बाहिरबाट आउनेलाई प्रवेशमा रोक लगाई तत्काल क्वारेन्टाइनमा पठाउने गरिएको नगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

       कृष्णनगर नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएकाले सावधानी अपनाइएको छ । नगर प्रमुख रजगप्रताप शाहले सबैभन्दा बढी खुला सिमानाका कारण संक्रमित बढेको बताउनुभयो । नगरको ११ वडामा एकबाट अर्कामा आवागमनसमेत बन्देज गरिएको जनाइएको छ । 

मायादेवी गाउँपालिकामा समेत लकडाउनको पूर्ण पालन गरिएको छ । तेत्तीस विद्यालयलाई क्वारेन्टाइन बनाइएको गउँपालिका अध्यक्ष बजरंगी चौधरीले बताउनु भयो  । मायादेवीमा आठ सय जना क्वारेन्टाइनमा छन् ।  गाउँपालिकाको पकडी बढी भीडभाड हुने चौराहा भएकाले त्यहाँ बढी कडाइ गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।  

                   बुद्धभूमि नगरपालिकामा चार संक्रमित देखिएपछि सतर्कता अपनाइएको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताउनुभयो । विजयनगर गाउँपालिकामा एक जनामा संक्रमण देखिएसंँगै  सावधानी अपनाइएको अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । विजयनगरमा नगर प्रहरी परिचालन गरी सिमानामा खटाइएको  छ । 

              त्यस्तै शुद्धोधन गाउँपालिकामा एक  संक्रमित देखिएकाले प्रशासनको निर्देशनलाई मानेर सावधानी अपनाइएको गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमानले बताउनुभयो ।  वाणगंगा नगरपालिकामा एक बालिकामा संक्रमण देखिएकाले टोलटोलमा सतर्कता अपनाइएको छ  ।

                   त्यस्तै शिवराज नगरपालिकाले कोरोनाविरुद्ध नयाँ रणनीति अपनाएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।  नगरपालिकाले  यही जेठ २ गतेदेखि लागु हुने गरी औषधि पसल बिहान ७ बजेदेखि साँझ ७ बजे तथा खानेपानी तथा खाना पकाउने ग्यास बिहान १० देखि दिउँसो १ बजेसम्म  बिक्रीवितरण मात्र गर्न नियम लागु गरेको छ  ।  नगरपालिकाले पेट्रोल पम्प २४ घण्टा सञ्चालनमा रहने र सोबाहेकका अन्य पसल व्यवसाय यही जेठ ५ गते राति १२ बजेसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

               महाराजगञ्ज नगरपालिकामा समेत उच्च सतर्कता अपनाइएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । नगरमा अहिले भारतबाट सबैभन्दा बढी नेपाली प्रवेश गरेकाले उनीहरुको व्यवस्थापनमा जुटिएको नगर प्रमुख कलामले जानकारी दिनुभयो ।  नगरपालिकाका क्वारेन्टाइनममा एक हजार १०८ जना  छन् ।  

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६